हरिसिद्धि डोजाङ्ग टिम च्याम्पियन

ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजना तथा हरिसिद्धि तेक्वान्दो डोजाङ्गको सहयोगमा संचालित प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा हरिसिद्धि तेक्वान्दो डोजाङ्ग टिम च्याम्पिन भएकोछ । एक दिने प्रतियोगितामा ललित तेक्वान्दो डोजाङ्ग दोश्रो र बोधिसदन तेक्वान्दो डोजाङ्ग तेश्रो भएकाछन् ।
उपत्यकाका १७ डोजाङ्गको सहभागिता  रहेको प्रतियोगितामा पुरुष तर्फ बोधिसदनका निराजन खड्का र महिला तर्फ हरिसिद्धिकी सन्तोषी बुढाथोकी उत्कृष्ट खेलाडी चुनिए ।
विजयी खेलाडी तथा टिमलाई प्रमुख अतिथी सभासद् योगेन्द्र घिसिङ्गले मेडल तथा प्रमाण पत्र प्रदान गरेको ललितपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख सुजन खतिवडाले जानकारी गराए ।

Comment