शंकर अमेरीका प्रस्थान

sankar gautam

अमेरीकाको लासभेगास सहरमा आयोजना हुने युएस ओपन टेवलटेनिस २०१५मा निर्णायकको भूमिका निर्वाह गर्न बरिष्ठ प्रशिक्षक एवं निर्णायक शंकर गौतम शनिबार त्यस तर्फ प्रस्थान गरेकाछन् ।
आषाढ २१ देखि २६ गते सम्म आयोजना हुने प्रतियोगितामा उनका साथै अर्का निर्णायक तेजेन्द्र महरा र खेलाडी गोवर्धन श्रेष्ठ समेत त्यस तर्फ प्रस्थान गरेकाछन् ।
श्रेष्ठले उक्त प्रतियोगितामा ४०, ५० र ६० बर्ष माथिको उमेर समूहमा प्रतिस्पर्धा गर्ने नेपाल भेट्रान्स टेवलटेनिस संघले जनाएकोछ । प्रतियोगितामा ३३ राष्ट्रको सहभागिता रहने प्रशिक्षक एवं निर्णायक शंकर गौतमले बताएका छन् ।
निर्णायक शंकरले यस अघि भारतमा भएको दक्षिण एशियाली तथा एशियाली जुनियर टेवलटेनिस च्याम्पियनसिपमा  निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । उनले अष्ट्रिया र अमेरिकामा भएको विश्व जुनियर च्याम्पियनसिप, पाकिस्तान र बंगलादेशमा भएको दक्षिण एशियाली प्रतियोगिता, भारत र थाईल्याण्डमा भएको एशियन च्याम्पियनसिप, जापानमा भएको विश्व टेवलटेनिस च्याम्पियनसिप, अष्ट्रियन प्रोटुर, युएस ओपन, कोरिया जुनियर च्याम्पियनसिपमा समेत निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
नेपाली टेवल टेनिस टोलीलाई अखिल नेपाल टेवलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य र  नेपाल भेट्रान्स टेवलटेनिस संघका अध्यक्ष रमेश राज जोशी लगायतले शनिबार टेवलटेनिस प्रशिक्षण केन्द्र लैनचौरमा विदाई गरे ।

 

Comment