बुद्ध लामा र अप्सरा मोक्तान उत्कृष्ट

karate1कराँतेको छात्रमा पश्चिमाञ्चलका बुद्ध लामा र छात्रामा मध्यमाञ्चलकी अप्सरा मोक्तान उत्कृष्ट खेलाडी घोषित भए। बुद्धले ४२ केजीमा स्वर्ण जिते भने अप्सराले एकल काता र ४५ केजीमा गरी दोहोरो स्वर्ण हात पार्न सफल भइन्। करातेको अन्तिम दिन छात्रा ४० केजीमा मध्यमाञ्चलकी करुणा श्रेष्ठले फाइनलमा सुदूरपश्चिमाञ्चलकी निशा थापालाई पराजित गर्दैै स्वर्ण जितिन्। छात्रको ४७ केजीमा मध्यमाञ्चलका रोहित बुढाथोकी पहिलो भए। उनले फाइनलमा मध्यपश्चिमाञ्चलका अजय घर्ती मगरलाई हराए। समग्रमा मध्यमाञ्चलले टीम च्याम्पियनको उपाधि चुम्यो। मध्यमाञ्चलले चार स्वर्ण, दुई रजत र दुई कांस्य जित्यो। एक स्वर्ण, दुई रजत र चार कांस्यसाथ पूर्वाञ्चल दोस्रो तथा एक स्वर्ण, दुई रजत र दुई कांस्यसाथ मध्यपश्चिमाञ्चल तेस्रो स्थानमा रहे।

Comment