मध्यमाञ्चल टीम च्याम्पियन
Manoj Shiama
21 June, 2015 10:41 pm
तेक्वान्दोमा मध्यमाञ्चलले टीम च्याम्पियनको उपाधि जित्यो। मध्यमाञ्चलले दुई
स्वर्ण, दुई रजत र दुई कांस्य प्राप्त ग¥यो। दोस्रो भएको सुदूरपश्चिमाञ्चलले दुई स्वर्ण, एक रजत र तीन कांस्य हात पा¥यो। एक स्वर्ण, तीन रजत र एक कांस्यमा पूर्वाञ्चल तेस्रोमा सीमित भयो। छात्रमा मध्यमाञ्चलका तिलक तामाङ र छात्रामा सुदूरपश्चिमाञ्चलकी गीता विष्ट उत्कृष्ट खेलाडी चुनिए। तिलकले ४५ केजी र गीताले ४६ केजीमा स्वर्ण जितेका थिए।
छात्रको ४८ केजीमुनि सुदूरपश्चिमाञ्चलका भोजराज भट्ट तथा ५१ केजीमुनि
मध्यपश्चिमाञ्चलका अरुण बस्नेत पहिलो भए। छात्राको ४२ केजीमुनि पूर्वाञ्चलकी पार्वती राई तथा ४४ केजीमुनि मध्यमाञ्चलकी सीला गुरुङले स्वर्ण जिते।