विवेकद्वारा फिलिपिनी अाईएम पराजीत

bibek thingg
सिंगापुरमा जारी एसियन +उमेर समुह चेस प्रतियोगिताको शनीबार सातौं र अाठौं चरणको खेल सम्पन्न हुँदा u- 18 तर्फ रुपेश जैशवालले ४ अंक र  u 20 तर्फ विवेक थिंगले ४ अंक प्राप्त गरेका छन्।
२१०३ रेटेड  विवेकले सातौं चरणमा फिलिपिन्सका ईन्टर नेशनल मास्टर(आईएम)   २४०३ रेटेड ब्रेशमिना पाउलोलाई शान्दार रुपमा पराजीत गरेका थिए।
सेतो गोटी लिएर शान्दार सुरुवात गरेका विवेकले खेलको ११ औं पाउललाई दवाबमा राख्न सफल भए। जसको परिणाम स्वरुप विवेकले खेलको २३ अौं चालमा नै जीत हात पारे।
त्यसैगरी रुपेश र भियतनामका फिडे मास्टर लु चाङ हङ बीचको खेल ५३अौ चालमा बराबरीमा टुंगियो । लु प्रतियोगितामा अहिलेसम्म  अग्रस्थानमा रहेका खेलाडी हुन।
त्यस्तै अाठौ चरणमा नेपाली खेलाडीको प्रदर्शन राम्रो रहेन। रुपेश भियतनामा २११३ रेटेड फिडे मास्टर निगुयेन खोईसंग २५ अौ चालमा हारे भने विवेक पनि भियतनामकै १९९२ रेटेड भु गुयेनसंग पराजीत भए।

Comment