स्वयंसेवी दस्तालाई सहयोग

taekwondoedited
गत बैशाखको बिनाशकारी भूकम्पले पु¥याएको क्षतिलाई मध्यनजर गर्दै उद्धार तथा राहत कार्यमा सघाउनसंघका पदाधिकारी, प्रशिक्षक तथा खेलाडीहरु समावेश गराइनेपाल तेक्वान्दो संघद्वारा गठित ११५ सदस्यीय स्वयंसेवी दस्तालाई विश्व तेक्वान्दो मुख्यालय, कुकिवनले आवश्यक स्वयंसेवक टिसर्ट र टोपी उपलब्ध गराएकोछ ।
कुकिवनको तर्फबाट कोरियाली तेक्वान्दो प्रशिक्षक क्वान योङ दलले संघको सातदोबाटो स्थित केन्द्रीय कार्यलयमा संघका अध्यक्ष प्रकाशशम्शेर राणालाई उक्त सहयोग हस्तान्तरण गरे ।
संघद्वारा गठित उक्त स्वर्यसेवी दस्ताले काठमाडौं, भक्तपुर, ललितपुरका विभिन्न निजी घरहरु तथा सार्वजानिक स्थल लगायत सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालय, त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र विभिन्न विद्यालयका भग्नावशेष हटाई सरसफाई अभियान सम्पन्न गरिसकेको तेक्वान्दो संघका निर्देशक केशवराज गौतमले जनाएका छन् ।त्यस्तै भूकम्पबाट प्रभावित अन्य जिल्लाहरुमा पनि आवश्यकता अनुसार स्वयंसेवक खटाउने योजना रहेका संघले जनाएको छ ।

Comment