सानु र अस्मिता फाइनलमा

tonil one edited
इसीडिसीकी सानुमाया तामाङ र द च्यालेन्जरकी अस्मिता तामाङ प्रथम उपत्यकाव्यापी आमन्त्रण तेक्वान्दो प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
भक्तपुरमा भएको महिला ३७ केजीमुनि सेमिफाइनलमा सानुले पासा मध्यपुरकी सविना पाण्डे तथा अस्मिताले काभ्याकी जोसना अधिकारीलाई पराजित गरे ।
काठमाडौं जिल्ला खेलकुद विकास समिति र रत्न एजुकेसन एन्ड स्पोर्ट्स एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला ३० केजीमुनि मध्यपुर ठिमीकी दीपा रायमाझी र तुलसी जोशी, २७ केजीमुनि काभ्याकी गरिमा अधिकारी र आयोजक एकेडेमी ‘ए’ की रेविका जोशी तथा ५१ केजीमुनि होली गार्डेनकी सदीक्षा भट्ट र इसीडिसीकी सम्झना तामाङ फाइनलमा पुगे ।
पुरुषको ४७ केजीमुनि मैत्रीका निकेशमान कायश्थ र होली गोर्डेनका रोजन राजवाहक, २५ केजीमुनि च्यालेन्जरका सविन मुस्याखो र मध्यपुर ठिमीका निमा तामाङ तथा ३५ केजीमुनि मैत्रीका अमिक शाक्य र च्यालेन्जरका सुजन तामाङले फाइनल यात्रा तय गरे ।
प्रतियोगिताको उद्योग मन्त्री महेश बस्नेतले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । दुईदिने प्रतियोगितामा १ सय ९५ खेलाडीले १६ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको आयोजक समितिका तेक्वान्दो प्रशिक्षक टोनिल कर्माचार्यले जनाएका छन् ।

Comment