जुनियर टेटे टोलीको बिदाइ

table tennis1edited
भारतको नयाँ दिल्लीमा हुने दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको शुक्रबार बिदाइ गरिएको छ ।
आदर्श विद्या मन्दिर (एभीएम) ले आफ्नो स्कुलमा अध्ययनरत तीन खेलाडीलाई बिदाइ गरेको हो । दिक्षा तामाङ, रितिज जोशी र डिकेन महर्जनलाई एभीएमकी प्रिन्सिपल सुजिता मानन्धरले एक कार्यक्रमबीच बिदाइ गरिन् ।
सोही अवसरमा एभीएमका प्रशिक्षक दोश्रो वरीयताका राष्ट्रिय टेबलटेनिस खेलाडी पुरुषोत्तम वज्राचार्यलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । तीन खेलाडीलाई समान १ हजार भारु पकेट खर्च वापत प्रदान गरिएको वज्राचार्यले जनाएका छन् ।
तालकटोरा इन्डोर स्टेडियम, दिल्लीमा जुन १७ देखि १९ तारिखसम्म हुने च्याम्पियनसिपमा उक्त तीन खेलाडीसहित १० खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

Comment