विधानलाई बर्नहार्टको सम्मान

bidhan

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक जितेर अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा अभिबृद्धि गरेको भन्दैबर्नहार्ट एमटीआई स्कुल, ताहचलले शुक्रबार तेक्वान्दोका विधान लामालाई सम्मान गरेको छ ।
दक्षिण कोरियामा १९८८ मा भएको २४ औं ओलम्पिक गेम्स अन्तर्गत तेक्वान्दोको प्रदर्शनी खेलमा विधानले नेपाललाई कांस्य दिलाएका थिए । विधानले नेपालमा १९८८ मै भएको आठौं एसियाली तेक्वान्दो च्याम्पियनसिपमा रजत, १९८६ मा स्पेनमा भएको आठौं विश्व तेक्वान्दो च्याम्पियनसिपमा कांस्य तथा १९८६ मै दक्षिण कोरियामा भएको १० औं एसियाली खेलकुदमा कांस्य जितेका थिए ।
बर्नहार्टका संस्थापक निर्देशक रमेश पनेरु एवं त्रिभूवन विश्वविद्यालयका लेक्चरर रमेश पनेरुले विधानलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
सम्मान थापेपछि अमेरिकामा बस्दै आएका विधानले वर्षेनी आफू नेपाल आउदा कुनैकुनै संस्थाले सम्मान गर्ने गरेकोमा खुशी व्यक्त गर्दै यस्ता सम्मानले तेक्वान्दोको विकासमा लागी रहन प्रेरणा मिल्ने बताए । विधान १९८७ मा सुप्रबल गोर्खा दक्षिण बाहुबाट विभूषित भएका थिए ।
निर्देशक पनेरुले विधान लामा जस्तो तेक्वान्दोका हस्तीलाई सम्मान गर्न पाउनु स्कुलका लागि गर्वको कुरा भएको बताए ।

Comment