रहेनन् ललीतकृष्ण श्रेष्ठ

lalit krishna shresta
अखिल नेपाल  फुटबल संघ( एन्फा)का कार्यबाहक अध्यक्ष ललीतकृष्ण श्रेष्ठको शुक्रबार राती निधन भएको छ । भैसेपाटीसिथ्त नया बनाएको घरमा करेन्ट जडानको क्रममा उनको निधन भएको श्रोतले जनाएको छ । उनको आमा, श्रीमती सहित दुइ छोरी छन् ।
राती नै पोस्टमार्टम सकिएका श्रेष्ठप्रति शनीबार खेलाडी, खेलअधीकारी र अन्य बिशिष्ट ब्यक्तित्वले एन्फा कम्प्लेक्स सातदोबाटोमा पुगेर श्रद्धाञ्जली ब्यक्त गरे । शनीबार नै पसुपती आर्यघाटमा उनको दाह सस्कार गरिने कार्यक्रम छ । थ्रीस्टार क्लबका पूर्व खेलाडी श्रेष्ठ २०५२ सालमा फुटबल संघमा प्रबेश गरेका थिए । उनको  कुशल नेतृत्वकै कारण थ्रीस्टार क्लबले नेपाली फुटबलको ब्यासायीक दिसामा नया आयाम थप्न सफल भएको थियो ।

Comment