नेपाली युवा सिंगापुर यात्रामा

rupesh bibek

सिंगापुर चेस फेडिरेसनको आयोजनामा यही २५ जेठ देखि १ असारसम्म हुने एसियन समुहगत चेस च्याम्पीयनसीप सहभागि हुन नेपाली चेस खेलाडीहरु रुपेश जैसवाल, विवेक थिङ्ग र अफिसियल नेपाल बुद्धिचाल संघ सचिव हेराकाजी महर्जन त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपालको पहिलो वरियतामा रहेका रुपेश जैसवालले यु¬–१८ र विवेक थिङ्गले यु¬–१८ तर्फ प्रतिस्पर्धा गर्नेछन् । नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरी जोशीले नेपाली टोलीलाई एक समारोहको बीचमा प्रतियोगितामा सफालताको शुभ कामना सहित विदाई गरे ।
पछिल्लो समय यी दुवै खेलाडी सानदार फर्ममा रहेका छन् । भिन्न परिश्थिीतीमा चेस दुनियामा छाएका यी दुइ खेलाडी मध्य रुपेस सानैदेखि उमेर समुहमा पकड राखेका खेलाडी हुन् । अस्भभाविक ढंगका प्रकृतीप्रदत्त खेलाडी विवेक सामान्य परिवारमा जन्मेर पनि अथक परिश्रम र मिहेनतका कारण स्थापीत खेलाडी हुन् । दुवै खेलाडी गोल्डेनगेट चेस क्लबमा आबद्ध खेलाडी हुन् । विगत पाच महिना यता प्रशिक्षक तथा राष्ट्रिय च्याम्पियन केशब श्रेष्ठका कारण खेलमा निखार ल्याएका दुवै खेलाडीको समानता भनेको यीनीहरुको पारीवारिक सहयोग हो ।
विवेकका दाजु हिमाल लामा पनि नेपालका परिचित खेलाडी हुन् । दाजु हिमालसंगै चेस दुनियामा प्रबेश गरेका विवेक नेपाली खेल क्षेत्रमा सौम्य र भद्र ब्यक्तत्वको छबी बनाउन सफल भएका छन् । रुपेसको चेस यात्रामा पनि दाजु रोसन जयसवालको उत्तिकै ठूलो भुमिका रहेको छ । उमेर समुहमा नेपालको प्रतिनिधीत्व गरिसकेका रोसन पनि तीक्ष्ण चेस खेलाडीको रुपमा परिचित छन् ।

Comment