श्रीलङ्काको टोली काठमाडौँमा
Manoj Shiama
27 September, 2026 4:16 pm

मदन भण्डारी कप आमन्त्रित अन्तर्राष्ट्रिय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन १६ सदस्य श्रीलङ्का पुलिस क्लबको टोली नेपाल आइपुगेको छ । सो टोलीलाई आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका महासचिव मदन उप्रेती, उप महासचिव चन्द्र बदना राई, सचिव निलम बज्राचार्य तथा सदस्य बिन्द्रा देवानले त्रिभुवन अन्ताराष्ट्रिय विमान स्थलमा स्वागत गरे ।
