भारोत्तोलन सङ्घका अध्यक्ष श्रेष्ठ भारत प्रस्थान
Manoj Shiama
12 May, 2026 6:05 am

नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ र ओलम्पियन तथा सङ्घका केन्द्रीय सदस्य राजेन्द्रकुमार प्रधानले एसियन भारोत्तोलन महासङ्घको साधारण सभामा सहभागिता जनाउने भएका छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)का कार्यवाहक अध्यक्ष अशोक बज्राचार्य, उपाध्यक्ष ज्योति राना र महासचिव राजीव श्रेष्ठले सोमबार श्रेष्ठ र प्रधानलाई शुभकामनासहित बिदाइ गरे । सो साधारण सभा मङगलबार भारतको गुजरातस्थित गान्धी नगरमा हुनेछ ।
२०२६ एडब्ल्यूएफ एसियन सिनियर भारोत्तोलन प्रतियोगिताको समयमा एसियन भारोत्तोलन महासङ्घको साधारण सभा हुन लागेको हो । सो प्रतियोगितामा नेपालका गोपाल श्रेष्ठले अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल (आइटिओ)को भूमिकामा छन् ।
