प्रशिक्षक गंगाराम घाईते

gangaram
कराते प्रशिक्षक एवं आठौं दक्षिण एशियाली खेलकुदका स्वर्ण पदकधारी गंगाराम महर्जन काँधमा चोट लागि घाईते भएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघको अगुवाईमा बैशाख १२ र २९ गते गएको भुकम्पका कारण क्षती भई दूर्घटनाग्रस्त घर व्यवस्थित गर्ने क्रममा ललितपुरको लुभुमा काम गरिरहेको अवस्थामा घरको चौथो तल्लामा रहेको काठ खस्दा उनको काँधमा चोट लाग्न पुगेको थियो । ललितपुरस्थित विएण्डबी अस्पतालका चिकित्सकको भनाई अनुसार उनको काँधको व्युटी बोन भाँचिएको र शल्यक्रिया गरि स्टिल हाल्नु पर्ने भएकोछ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको अगुवाईमा विगत दुई हप्तादेखि दूर्घटनाग्रस्त घर व्यवस्थित गर्ने क्रममा प्रशिक्षक महर्जनले काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकाको गाम्चा, धर्मस्थली ललितपुरको खोकना र लुभुमा सकृय सहभागिता जनाउंदै आईरहेका थिए ।
उनी नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रिय सदस्य, राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघका उपाध्यक्ष एवं नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका सदस्य समेत रहेका छन् ।

Comment