मूल समारोह समिति गठन

Manoj Shiama
26 December, 2025 10:53 pm

 राष्ट्रिय पर्व मञ्जुश्री संबत २८६२ औ सोनाम ल्होसार तथा बृहत् सांस्कृतिक कार्यक्रम – २०२६ भव्यताका साथ सम्पन्न गर्नका लागि ४५ सदस्य मूल समारोह समिति गठन  गरिएको छ । बिहीबारको लिस्बनस्थित ब्लुमुन रेस्टुरेन्टमा बसेको राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको बैठकले सो निर्णय गरेको हो । अध्यक्ष फुर्पा तामाङको अध्यक्षतामा भएको छलफलमा पदपूर्ति सम्बन्धी निर्णय समेत गरियो । 

बैठकले रिक्त भएको उपाध्यक्ष पदमा सवि लोप्चान र  एलिना तामाङलाई चयन गरेको छ । यसै गरी, साङदोर्जे लामा सचिव, लमिन तामाङ  सह कोषाध्यक्ष  र सम्झना लामा  महिला संयोजक चयन भए । 

राजेश लामा युवा संयोजक , तेन्जिङ लामा  संयोजक (पिकोइस) र  भीम तामाङ  संयोजक (मन्तिजो) छानिए । 

सुरेश लामा,  होमराज तामाङ, चन्द्र लामा,भूमि लामा र कबिर तामाङ सदस्य भए । 

 साथै कार्य विभाजन पनि गरियो । विशेष विभागको संयोजकमा सुजन लामा भए भने  पदम लामा ,काजी लामा र भीम लामा चयन भए । फुर्पा तामाङ संयोजक रहेको मूल समारोह समितिमा  युवराज घलान सहसंयोजक छन् । सवि लोप्चन ,सबिन मनङथेन, सोनाम तामाङ एलिना लामा र पासाङ लामा सदस्य छन् ।  राजु लामा, उदास लामा, लमिन लामा सम्झना लामा, राजेश लामा, साङ दोर्जे लामा, बुद्धि तामाङ,लक्ष्मी लामा लोप्साङ लामा, सुनिल लामा,देवाङ लामा र त्रीपाल लामा सदस्य छन्  

प्रचार प्रसार विभागको संयोजक  राजु लामा छन् । फुर्पा तामाङ, उदास लामा, सम्झना लामा साङ र दोर्जे लामा सदस्य छन् ।   

    

आर्थिक विभागको संयोजकमा उदास लामा छन् । सहसंयोजक  पदम लामा छन् भने लमिन लामा, तेन्जिङ लामा, सम्झना लामा एलिना लामा र भीम लामा सदस्य छन् ।     

कार्यक्रम व्यवस्थापन विभागको संयोजक  साङदोर्जे लामा छन् भने  राजु लामा, राजेश मोक्तान लामा, त्रीपाल लामा, दीपक लामा, राजन तामाङ, चन्द्र लामा र बुद्धिमान तामाङ सदस्य छन् । 

कलाकार व्यवस्थापन विभागको संयोजकमा राजेश मोक्तान छन् भने  निशा लामा र लमिन लामा सदस्य छन् ।  सांस्कृतिक विभागको संयोजकमा लमिन लामा छन् भने विमला लामा र सुरेश लामा सदस्य छन् ।   

 मञ्च सजावट विभागको संयोजकमा निशा लामा तथा एलिना लामा, राजन तामाङ र सुमन लामा सदस्य छन् ।

 अतिथि सत्कार विभागको संयोजकमा सम्झना लामा छन् भने सदस्यहरूमा फुर्सला दोङ, निर्सला दोङ र उर्मिला तामाङ सदस्य छन् । 

पाउन सत्कार तथा खानपिन व्यबास्थापनको संयोजकमा  एलिना लामा छन् भने लक्ष्मी लामा र सुनिल लामा सदस्य छन् ।

यातायात व्यवस्थापन विभागको  संयोजकमा तेन्जिङ लामा छन् । यसै गरी  पूजा पाठ समितिको संयोजकमा लामा गुरु छन् ।

स्वयंसेवक विभागको  संयोजक  युवाराज घलान तथा सहसंयोजक – राजकुमार लामा छन् भने होमराज लामा, सुमन लामा, भूमि लामा, कबिर लामा, डेबिट लामा र  सुरेश लामा सदस्य छन् । 

क्षेत्रीय संयोजकहरूमा सबि लोप्चान मदेरा, भीम लामा पिकोइज, निकी लामा अलमादा तथा सानु कान्छा तामाङ सिन्त्रा छन् ।