पोर्चुगलमा मनाइयो सोनाम ल्होार महोत्सव

‘तामाङ जातिको भाषा, धर्म र संस्कृतिको संरक्षण गरौँ भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा आइतबार मञ्जुश्री संवत् २८६२ सोनाम ल्होछार वृहत् रूपमा मनाइयो ।

राष्ट्रिय तामाङ घेदुङ पोर्चुगल अध्यक्ष फुर्पा तामाङको सभापतित्वमा सो कार्यक्रम भएको थियो । कार्यक्रममा सांस्कृतिक हस्ती वरिष्ठ गायक चन्द्र कुमार डोङ प्रमुख अतिथि थिए । एनआरएन पोर्चुगलका अध्यक्ष तथा राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका संस्थापक संरक्षक सुजन लामा विशेष अतिथि थिए । राई सोसाइटीका अध्यक्ष दिपेस राई, श्रम संस्कृति पार्टीका अध्यक्ष विकास आले, नेपाल पत्रकार महासङ्ग युरोप शाखा महासचिव कैलाश खरेल तथा गैर आवासीय नेपाली सङ्घ एनआरएनए पोर्चुगल आइसिसी रेखा रेग्मीको पनि कार्यक्रममा विशेष उपस्थिति थियो । यसै गरी, धर्म लामा गुरु फुरि शेर्पा, डा. सोनिया तामाङ सहित विशिष्ट व्यक्तिको उपस्थितिमा सो कार्यक्रम भएको हो ।कार्यक्रममा ४५० जना उपस्थित थिए ।
यसै गरी बृहत् सांस्कृतिक कार्यक्रम पनि आयोजना गरियो । लिस्बनको अलवलादे मेट्रो स्टेसनको रिपब्लीका डा म्युजिक कन्सर्ट हलमा सो कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा वरिष्ठ गायक चन्द्र कुमार दोङ, राइज किङ राजेश पायल राई, सेलो युवा गायक नग्वाङ लामा, गायक÷ सङ्गीतकार शेखर लामा, युवा गायक सुदिप योन्जन लगायत प्रस्तुति रहेको थियो । साथमा स्थानीय कलाकारहरूको पनि प्रस्तुति थियो ।

सांस्कृतिक कार्यक्रममा कुल ९०० जनाको उपस्थिति थियो ।


