अस्ट्रेलियामा एभरेस्ट एकेडेमीका खेलाडीको शानदार प्रदर्शन

Manoj Shiama
13 April, 2026 2:24 pm


अष्ट्रेलियामा स्थापित एभरेस्ट मार्सल आर्ट्स एकेडेमीबाट प्रशिक्षण लिँदै आएका खेलाडीहरूले अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा एक रजत र एक कास्य पदक जितेका छन् । ३५–४४ वर्ष उमेर समूहको भेट्रान तर्फ मुकुन्द्र महजर्नले रजत पदक जिते । शेखर श्रेष्ठले कास्य पदक जिते ।
प्रिन्स मर्हजन कास्य पदकको नजिक पुगे भने सुबास घतानेले पहिलोे बाउटमा सफलता पाए ।सोनाम लामा, प्रकास खड्का र नबिन रसाइलीले पनि उत्कृष्ट प्रदर्शन गरे । महिला तर्फ मनिषा चौधरी र दिपा लामाले पनि आ–आफ्नो तौल समूहमा प्रभावशाली प्रदर्शन गरे ।


जुनियरमा १० वर्ष मुनिको महिला तर्फ आयात मर्हजनले पहिलो बाउट गुमाए पनि त्यस पछिका दुवै बाउटमा सफलता पाइन् ।
उत्कृष्ट सफलताबारे एकेडेमीका अध्यक्ष तथा मुख्य प्रशिक्षक मुकुन्द्रले खेलाडीहरूको मेहनत, अनुशासन र समर्पणकै कारण एकेडेमी अन्तर्राष्ट्रिय स्तरमा चिनिन सफल भएको बताए । प्रतियोगितामा एकेडेमीका उपाध्यक्ष लक्ष्मी भट्टका साथै, मनिस थापा, मल्लिका थापा, गिता मर्हजन, दिपा भण्डारी र मनिसा सिह ठकुरीको पनि उपस्थिती थियो ।