कार्यसम्पादन समितीको आश्चर्यजनक निर्णय

logo asiad

एसियाली खेलकुदको कार्य सम्पादन समितीको बैठकले एसियाडमा भागेका खेलाडीलाई १० बर्षकाृ निम्बन गरेको छ । साथै प्रशिक्षक र ब्यबस्थापकलाई एक बर्षसम्म कुनै बैदेशीक प्रतियोगितामा सहभागी हुन नपाउने गरी हास्यास्पद निर्णय गरेको छ । प्रशिक्षकको काम खेल सिकाउने मात्र भएको कुरामा कार्यसम्पादन समिती जानकार देखिएन ।
स्मरणीयछm एसियाडमा कोरिया भ्रमणका लागि राखेपका थुप्रै कर्मचारी र मन्त्रालयका कर्मचारी भ्रमणमा गएका थिए । यी कर्मचारी, मन्त्रीका आसेपासे र सो खेल महोत्सबसंग खेलकुदसंग कुनै सरोकार नराख्नेहरु भ्रमणमा गएका थिए । उनीहरुको कामका बारे कार्यसम्पादन समिती मोन रहेको छ ।
मन्त्री आफै प्रमुख रहेको कार्यसम्पादन समिती सबै महत्वपूर्ण विषयमा चुकेको थियो । एसियाली खेलकुदको कमीकमजोरी छानबीन गर्ने बताइए पनि कार्यसम्पादन समितीमा विज्ञ भन्दा बढी प्रसासनीक ब्यक्तिको प्रभाव रहेको छ ।

Comment