नेपाली युथ टोली पिडा बिर्सदै ताजकिस्तान प्रस्थान

anfa
‘फ्रम द रुबल्स वि राइज, लेट्स प्ले फर नेपाल’ भन्ने नारा सहित आफ्ना यात्रा भुकम्पमा ज्यान गुमाएका प्रति समर्पीत गर्दै नेपाली यु–१४ फुटबल टोली सोमबार ताजिकिस्तान प्रस्थान गरेको छ । एफसी यु–१४ क्षेत्रीय च्याम्पियन्ससिप प्रतियोगिताको लागि नेपाली टोली त्यस तर्फ  प्रस्थान गरेको  छ ।
गत वैशाख १२ गते गएको विनाशकारी भुकम्पको पिडालाई बिर्सदै विदेशीएको नेपाली टोलीबाट उक्त उमेर समुहमा विगत देखि कायम गरेकोे सान जोगाउने अपेक्षा गरिएको छ ।
टोलीलाई सोमबार राष्ट्रिय खेलकुद परिषद्को प्रागणमा परिषद्का सदस्य सचिव युवराज लामा एन्फका कार्यबाहक अध्यक्ष ललीतकृष्ण श्रेष्ठले विदाइ गरे ।
लामाले अहिले पीडाको स्थितिमा रहेको भन्दै यस परिस्थितमा पनि नेपालले खेलको मध्यमबाट नेपाल जस्तोसुकै बिपत्तिमा पनि खेल्न सक्छ भन्ने सन्देश पु¥याउन खेलाडीलाई आग्रह गरे । ‘हामी एकदम विषम परिस्थितिमा छौ तर, तपाईहरुको सहभागिताले नेपालले जस्तोसुकै अवस्थामा पनि खेल सक्छ भन्ने सन्देस विश्वलाई जानेछ ।’ लामाले भने, ‘त्यसैले यस परिस्थितीमा तपाईले शोकलाई शक्तिमा बदल्नु पर्नेछ विश्वको ध्यान नेपालमा केन्द्रित हुनेछ ।’ लामाले यस बिपत्तिको परिस्थितिमा पनि एन्फाको फेस्टिभलमा पठाउने निर्णय सराहनीय भएको बताए । यस्तै विदाई गर्दै कार्यबाहक अध्यक्ष श्रेष्ठले आफ्ना खेलाडी खेल्नका लागि पुर्ण फिट भएको कारणले सहभागिता जनाएको बताए ।
ताजिकिस्तानको दसहान्वे शहरमा २० मे बाट सुरु हुने फेस्टिभलका लागि अभिषेक बर्माको कप्तानीमा १८ सदस्यीय खेलाडी र ४ अफिसियल त्यसतर्फ प्रस्थान गरेको हो ।  नेपाली टोलीमा छिरिङ तामाङ, आकाश रानाभाट, असिम भुसाल, बिकास खवास, नविन गुरुङ, अभिषेक बर्मा, अञ्जल गुरुङ, निराजन महर्जन र  मनिस थापा थापा छन् । यसैगरी, अमृत गुरुङ, विनय चौधरी, नितेन थापा, दिप्सन राउत, अनिल महर्जन, जय गुरुङ, दर्शन गुरुङ, रेजिन सुब्बा र राजीव लोप्चन रहेका छन् । यस्तै मुख्य प्रशिक्षकमा नेपाली फुटबलमा सर्बकालीन उत्कृष्ट खेलाडीको छबी बनाएका हरि खड्का छन् ।सहायक प्रशिक्षकमा सुनोज श्रेष्ठ  छन् । टिम म्यानेजरको जिम्मेवारी सञ्जीव मिश्रले सम्हालेका  छन् ।
एएफसीले एसियाको फुटबल तल्लो तहबाट विकास गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गर्न फेस्टिभलका लागि एक महिना अघिबाट नेपालले तयारी थालेको थियो । तर, भुकम्पले प्रभावित बनेको थियो । भुकम्पपछि पनि एन्फाले खेलाडीको मनोवैज्ञानिक असर कम गराउन विभिन्न क्याम्पमा खेलाडीलाई फेस्टिभलका तयार बनाएको थियो ।
प्रशिक्षक खड्काले नेपाली टिमको राम्रो तयारी रहेको भन्दै फेस्टिभलमा राम्रो प्रदर्शन गर्ने बताए । ‘यो भुकम्पले खेलाडीलाई केही असर गरेको छ तर अहिले उनीहरु खेल्नका लागि तयार छन् ।’ प्रशिक्षक खड्काले भने,‘तयारी राम्रो भएपनि फेस्टिभल भएको हुँदा हार र जित भन्दा पनि प्रदर्शनमा जोड दिन्छौ ।’
प्रतियोगितामा ११ टोलीको सहभागिता रहने छ । सहभाागी टोलीमा नेपालसहित अफगानिस्तान, भारत, बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, ताजिकिस्तान र उज्वेकिस्तान रहेका छन् । प्रतियोगिता ताजिकिस्तानकोे दसहान्वे  शहरमा २० मे बाट २६ मे सम्म हुनेछ । फेस्टिभल अन्र्तगत सबै देशले एक अर्काविरुद्व खेल्नेछन् । फेस्टिभलको खेल तालिका भने एएफसीले सार्वजनिक गरेको छैन ।( सौर्य दैनिकबाट साभार)

Comment