नेपाली टोली भियतनाम जाँदै

एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्धको दुई खेलका लागि नेपाली टोली मंगलबार त्यसतर्फ जाँदै छ । त्यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली टोलीको बिदाइ गरेको छ।
भियतनाम जाने टोलीमा अघिल्लो महिना बंगलादेशविरूद्ध मैत्रीपूर्ण खेल खेलेको टोलीमा नरहेका पाँच खेलाडीले पुनरागमन गरेका छन ्।
बङ्गलादेशसँग खेल्दा नेपालको यु–२३ टोलीबाट एसियन कप छनोट खेल्न गएका कृतिश छुन्छु, सुमित महर्जन र आयुष घलान राष्ट्रिय टोलीमा फर्किएका छन् भने चोट मुक्त हुँदै सनिश श्रेष्ठ र विमल पाण्डेले पुनरागमन गरेका हुन् ।
हुन त पाँचै खेलाडीलाई प्रशिक्षक म्याट रसले प्रारम्भिक टोलीमा बोलाएका थिए । प्रारम्भिक चरणमा रसले ३३ खेलाडीलाई बोलाएका थिए ।
प्रारम्भिक टोलीबाट टेकेन्द्र थापा, आदित्य शाक्य, अमित लामा, अञ्जल श्रेष्ठ, दीपेन्द्र बिक, दीपेश गुरुङ, नीराजन धामी, समीर तामाङ र सन्तोष खत्री भने बाहिरिएका छन् ।
एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ। समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनामसँगै छन् ।
नेपालले अहिलेसम्म समूह चरणमा दुई खेल खेलेको छ। तर दुवै खेलमा हार बेहोरेको कारण अङ्क जोड्न सकेको छैन।
नेपालले मलेसिया र लाओसविरूद्ध अबे खेलमा पराजय भोगेको थियो
। नेपालले छनोटको अब असोज २३ गते भियतनामसँग उसैको मैदानमा खेल्ने तालिका छ । असोज २८ हुने खेल पनि भियतनामै हुनेछ ।
नेपाली टोली
किरण कुमार लिम्बु (गोलकिपर), विशाल सुनार (गोलकिपर), दीप कार्की (गोलकिपर), अनन्त तामाङ, कृतिश रत्न छुन्छु, कुशल देउवा, अञ्जन विष्ट, लाके लिम्बु, एरिक विष्ट, मणिकुमार लामा, आयुष घलान, मनिष डाँगी, विमल पाण्डे, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, दिनेश हेञ्जन, सुभाष ठकुरी, जिलेस्पीजंग कार्की, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ
प्रमुख प्रशिक्षक: म्याट रोस