नाटकीय र सनसनीपूर्ण खेलमा बोर्नमाउथ माथि लिभरपुलको जित
Manoj Shiama
16 August, 2025 5:54 am

इङ्गलिस प्रिमियर सिपमा साविक विजेता लिभरपुलले विजयी सुरुवात गरेको छ शनिबार भएको नाटकिय खेलमा अन्तिम समयमा दुइ गोल गरेसँगै लिभरपुलले ४–२ को सफलता पाएको हो । खेल सुरु हुनु भन्दा अघि जुलाइ महिनामा भएको कार दुर्घटनामा ज्यान गुमाएका डिएको जोटा र उनको भाइ आन्द्रे सिल्भा प्रति सम्मान व्यक्त गरिएको थियो ।
यसै सिजन फ्रान्कफर्टबाट लिभरपुल पुगेका ह्युगो इकिटेकले लिभपुरलाई ३७ औमिनेटमा अग्रता दिलाएका थिए । उतराद्र्धको सुरुवातमा उनकै सहयोगमा कोडी गाप्कोले गोल गरे । एन्टेनियो सामान्योले दूइ गोल गरे पछि लिभरपुलले ७६ औ मिनेटमा २–२ गोलको बराबरी गरि सकेका थियो ।
८८ औ मिनेटमा फ्रेडरिको चेइसाले लिभपुललाई अग्रता दिलाए भने इन्जुरी समयमा कप्तान मोहम्मद सलाहले गोल गरे ।