पोर्चुगलमा अत्यधिक मतले निर्वाचित अध्यक्ष सुजन लामा मोक्तानको नव कार्यसमितिबाट शपथ तथा बधाई कार्यक्रम सम्पन्न

Manoj Shiama
4 August, 2025 6:06 pm

पोर्चुगल एनआरएनको निर्वाचनमा अत्यधिक मत सहित विजयी सुजन लामा मोक्तान र उनको टोलीलाई आइतबार शपथ तथा बधाई प्रदान गरियो । शपथ तथा बधाई कार्यक्रम निर्वाचन समितिका सदस्य सचिव विकास आलेको अध्यक्षतामा भएको थियो ।

आइएएडी विश्वविद्यालयको प्रधानाध्यापक जोसे प्रेरिराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली जनप्रगतिसित मञ्च पोर्चुगलका अध्यक्ष सीता ढकाल सुबेदी र नेपाली जनसम्पर्क समितिका सदस्य तथा गैर आवासीय नेपाली सङ्घ पोर्चुगलकी निवर्तमान उपाध्यक्ष रेखा रेग्मी, नेपाली जनसम्पर्क समिति पोर्चुगलका उपसभापति राम सापकोटा र बिपिन अर्याल किरात राई सोसाइटी पोर्चुगलका अध्यक्ष दीपेश राई र नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका अध्यक्ष फुर्वा तामाङ, अतिथिमा स्याङ्जा समाज पोर्चुगल तथा नेपाली जनसम्पर्क समिति पोर्चुगलको उप-सभापति विपिन अर्याल, ठकुरी समाज पोर्चुगलका अध्यक्ष तथा नेपाली जनसम्पर्क सदस्य सज्जन हमाल कार्यक्रममा उपस्थित थिए ।

यसै गरी नेपाली जनसम्पर्क समितिका सदस्य सन्तोष छेत्री र वासु सत्याल र उपमहासचिव–नेपाल पत्रकार महासङ्घ युरोप शाखा कलश खरेल लगायत पोर्चुगलवासी नेपालीहरूको बाक्लो उपस्थितिमा सो कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेरिराले नव निर्वाचित टोलीले पोर्चुगलमा रहेका नेपालीहरूको समस्या समाधानका लागि सहकार्य गर्न आफू तयार रहेको बताए । राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष फूर्वाले नयाँ नेतृत्वका सामु धेरे चुनौती पनि भए पनि सोही चुनौतीलाई अवसरको रूपमा प्रयोग गर्न शुभकामना दिए । 

किरात राई सोसाइटी पोर्चुगलका अध्यक्ष दीपेश राईले पोर्चुगलमा रहेका नेपालीहरू बिचमा दलका आधारमा वैरभाव हुन नहुने विचार व्यक्त गरे । जन प्रगतिशील मञ्चकी अध्यक्ष सिता र एनआरएनए पोर्चुगलकी निवर्तमान उपाध्यक्ष रेखाले नव निर्वाचित कार्य समितिको सफलताका लागि शुभ कामना व्यक्त गरेका थिए । 

कार्यक्रमको सञ्चालन सचिव विनोद भुसालले गरेका हुन् । नव निर्वाचित अध्यक्ष लामाले प्रमुख अतिथि र निर्वाचन समितिका सदस्य सचिवलाई प्रशंसा पत्र प्रदान गरे ।


नव निर्वाचित अध्यक्ष सुजन लामाले गैर आवासीय नेपाली सङ्घ आफैमा गैर नाफामूलक संस्था भएको हुनाले पार्टी, जाति, क्षेत्र र क्षेत्रको आधारमा नेपालीहरू विभाजित मानसिकतामा कहिले पनि रहन नहुने कुरामा जोड दिए । उनले आगामी दिनमा पनि गैर आवासीय नेपाली सङ्घको एकबद्धता अझ बलियो हुने कुरामा जोड दिए ।

पोर्चुगलमा भएको निर्वाचनले रेखा रेग्मी, विनोद बुढाथोकी र राजकुमार गुरुङलाई आइसिसी सदस्यमा निर्वाचित गरेको हो । अध्यक्षमा सुजन लामा मोक्तान, उपाध्यक्षमा सरस्वती तिम्सिना खनाल, ज्ञानेन्द्र आचार्य, राम चन्द्र सुबेदी र राम कुमार श्रेष्ठलाई निर्वाचित भएका हुन् । महिला संयोजकमा जनिता राई, लेखा संयोजकमा अविरल गुरुङ , सचिवमा सुरज भण्डारी र विनोद भुसाल निर्वाचित भएका हुन् । कोषाध्यक्षमा सबिन पौडेल निर्वाचित भए ।

यसै गरी, अरुण राई, युवराज घलान, उदास तामाङ, सुनिल तिम्सिना,कविता गेलाल, कृष्ण खड्का छेत्री, र हिराधन राई सदस्य भएका हुन् । ल्हामु शेर्पा र सञ्जु राई कुलुङ पनि सदस्यमा निर्वाचित भएका हुन् ।