गिरिजा फाउन्डेसन अमेरिकाका अध्यक्षको व्यस्तता

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले नेपालमा एक महिना लामो तालिका पछि फर्किएका छन् । यस एक महिना सक्रिय अध्यक्ष घिमिरेले फाउन्डेसनको विविध कार्यक्रमहरूमा सहयोग गरेका थिए । शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको १०२ औ जन्म जयन्तीको अवसरमा २० साउनमा राष्ट्रपति भवन शीतल निवासमा भव्य कार्यक्रम आयोजना भएको थियो ।
सो कार्यक्रममा समेत सक्रिय देखिएका घिमिरेले अमेरिका स्थित फाउन्डेसनलाई बिभिन्न कार्यक्रमहरू गर्दै सक्रिय राखेका छन् । विविध कार्यक्रम सकेर अमेरिका फर्किएका घिमिरेलाई गिरिजा प्रसाद कोइराला फाउन्डेसन खेलकुद विभागकी प्रमुख तुलसी थापा मगरले बिदाइ गरिन् । उनले अगामी दिनमा पनि सहकार्यको अपेक्षा गरेको बताइन् ।
नेपाल आइटिएफकी प्रशिक्षक तथा खेलाडी थापा खेल तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति हुन् । गिरिजा प्रसाद कोइराला फाउन्डेसन स्थापनाको सुरुवात देखि खेलकुद गतिविधिमा उनको भूमिका महत्त्वपूर्ण रहको छ ।