एिसजीको सानदार जित
Manoj Shiama
16 June, 2025 9:46 am

फिफा क्लब विश्वकपको आइतबार भएको समूह बिको खेलमा युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मन(पिएसजी)ले एट्लेटिको म्याड्रिडलाई ४– ० ले हराएको छ । पिएसजीले १९ औ मिनेटमा फाबियन रुइजको गोलमा अग्रता लिएको थियो । मध्यान्तर अघि नै भिटिन्हाले सानदार गोल गरे पछि पिएसजीले अग्रता बढाएको हो ।
७८ औ मिनेटमा क्लेमेन्ट लेगमेन्टले रातो कार्ड पाए पछि एट्लेटिकोलाई अर्को धक्का लागेको थियो । ८७ औ मिनेटमा सेनी मायुलुले पिएसजीका लागि अर्को गोल गरे । ली काङ यिनले इन्जुरी समयमा पेनाल्टी मार्फत अर्को गोल गरे । समूह बिमा वायरन म्युनिख शीर्ष स्थानमा छ भने पिएसजी दोस्रो स्थानमा छ ।