रोनाल्डोले गोल सहित पोर्चुगलले जित्यो युरोपेली नेसन्स कपको उपाधि 

Manoj Shiama
9 June, 2025 12:22 pm

स्पेनलाई टाई ब्रेकरमा हराउँदै पोर्चुगलले युरोपेली नेसन्स लिगकोउपाधि जितेको छ । म्युनिखमा भएको फाइनलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले कम ब्याक गर्दै २–२ गोलको बराबरी गरेको थियो । टाई ब्रेकरमा पोर्चुगल ५–३ ले विजयी भयो । पोर्चुगलका गोलरक्षक डिएगो कोस्टाले स्पेनका अल्भारो मोराटाको प्रहार बचाए लगत्तै रुबेन नेभेसले पोर्चुगलका लागि विजयी गोल गरेका थिए । सोही गोलसँगै खुसीयाली मनाउने क्रममा रोनाल्डोले भुईँमा गएर छोएका थिए । 

खेलमा सन् २०२३ को विजेता स्पेनले २१ औ मिनेटमा मार्टिन जुबिमेन्डीको गोलमा अग्रता लिएको थियो । त्यसको ५ मिनेट पछि नै पोर्चुगलका न्नो मेन्डिसले बराबरी गोल गरेका थिए । 

मध्यान्तर अघि मिखायल ओयरजबालले स्पेनलाई दोस्रो पटक अग्रता दिलाएका थिए । पछि परेको  पोर्चुगलका लागि रोनाल्डोले नजिकैको दुरीबाट गोल गरेका थिए । 

पेनाल्टी सुट आउटमा पोर्चुगलका लागि गोन्कालो रामोस, भिटिन्हा, ब्रुनाृे फर्नान्डेजले गोल गरे । यो जित सहित पोर्चुगल दुई पटक युरोपेली नेसन्स लिग जित्ने पहिलो देश बनेको छ ।