नेपाल एफसी यु–१४ महिला क्षेत्रीय च्याम्पियनसिपको उपाधि नजिक

footballl

डिफेन्डिङ च्याम्पियन नेपाल काठमाडौंमा जारी एफसी यु–१४ महिला क्षेत्रीय च्याम्पियनसिपको उपाधि नजिक पुगेको छ । अव नेपालले उपाधिका लागि शनिबार बंगलादेशको सामना गर्दैछ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले बलियो छिमेकी प्रतिद्वन्द्वी भारतलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । शुक्रबारै भएको अर्काे सेमिफाइनलमा इरानलाई पराजित गर्दै बंगलादेशले फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा नेपाललाई जिताउन खेलको ४४ औं मिनेटमा निर्मला उपाध्ययले गरेको गोल निर्णयक बन्यो । निर्मलाले मञ्जली कुमारीको लामो पासमा २० यार्ड टाढाबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । पहिलो हाफमा नेपाललाई दवावमा राखेपनि भारतले गोल गर्न सकेन । दोस्रो हाफमा भने नेपालले भारतलाई दवावमा राख्दै लगातार आक्रमण बुनिरह्यो । जसमा नै निर्मलाको गोल सम्भव भयो ।
ख्ेलको १२ औं मिनेटमा रेखा पौडेलको फितलो प्रहार भारतीय गोलरक्षक केटाकी माङ्गलाको हातमा प¥यो । पहिलो हाफको अन्तिम समयमा सम्झना लावतीले गोल गर्ने मौका चुकाउदा नेपालले पहिलो हाफमै अग्रता बनाउने मौका चुकाएको थियो । लगातार आक्रमण बुनिरहेको नेपालले ५२ औं मिनेटमा निशा थोकरको फ्रिकिक प्रहार बाहिरिदा नेपालले अग्रता दोब्बर बनाउने मौका गुमायो । ६५ औं मिनेटमा निर्मला उपाध्ययको २० यार्ड टाढाको फ्रिकिक प्रहारलाई रेखा पौडेलले गोल गरेपनि त्यसलाई बंगलादेशकी सहायक रेफ्री मोनीले अफसाइड दिदा गोलको खुशियाली मनाउन पाएन । यस्तै खेलको दोस्रो मिनेटमा नै करिश्माको प्रहार बारको केही माथिबाट बाहिरिदा पाहुना टोलीले अग्रता लिने मौका चुकाएको थियो । ५९ औं मिनेटमा सोम्य गुगुलोथले दोस्रो बारमा प्रहार बललाई गोलरक्षक रविता कुमारीले उत्कृष्ट रुपमा बचाउ गर्दै सम्भावित बराबरी टारेका थिए । तिपछि नेपाली टोलीका प्रशिक्षक किशारे केसीले पहिलो हाफमा केही कमजोरी भएपनि दोस्रो हाफमा कमजोरीलाई सुधार्दै दोस्रो हाफमा गोल गर्न सफल हुँदा बलियो भारतविरुद्व जित निकाल्न सकेको बताए । ‘भारतविरुद्वको खेल जितेपछि उपाधि जित्ने पक्का जस्तै छ ।’ प्रशिक्षक केसीले भने,‘अव उपाधि एक कदम मात्रै टाढा छ ।’
इता भारतीय टोलीकी प्रशिक्षक मेमोल रक्कीले घरेलु टोलीलाई भाग्यले साथ दिएको बताइन् । खेल बराबरी कै थियो । दुवै टोलीका गोलका अवसरहरु सिर्जना गरेका थिए । तर, पानी परेपछि दोस्रो हाफमा खुलेर खेल्न नसक्दा पराजित हुन पुगेको उनले थपिन ।
यस्तै शुक्रबारै भएको दोस्रो सेमिफाइनलमा इरानलाई २–० ले पराजित गर्दै बंगालादेशले फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । बंगालादेश यसअघि पहिलो संस्करणमा इरानसँग ५–० को फराकिलो अन्तरले पराजित भएको थियो । बंगलादेशलाई जिताउन कृष्णरानी र मार्जियाले पहिलो र दोस्रो हाफमा एक–एक गोल गरिन् । इरानमाथि दवाव बनाएको बंगलादेशले खेलको २९ औं मिनेटमा कप्तान कृष्णारानीको गोल बाट अग्रता बनायो । कृष्णारानीले अफसाइड विट ट्रयाप गर्दै सुन्दर गोल गरिन् । ६२ औं मिनेटमा मार्जियाले रिवाउन्ड बलमा गोल गर्दै टोलीको जित पक्का गरिन् । मिर्जाको पहिलो प्रहार इ्रानी गोलरक्षकले रिवाउन्ड फालेपछि त्यसमै गोल गरिन् । इरानले पनि गोल गर्ने केही मौकाहरु पाएको थियो । तर, त्यसलाई सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो । जितपछि बंगलादेशका प्रशिक्षक घोला रोवनी छोटोनले नेपाली टोली उपाधिको दावेदार तथा घरेलु दर्शकको पनि साथ हुने हुँदा घरेलु टोलीमाथि नेपालविरुद्व जित निकाल्दै उपाधि जित्ने बताइन् ।
अव इरानले तेस्रो स्थानको लागि शनिबारै भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउसो एक बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
प्रतियोगिता अन्र्तगत फाइनल तथा तेस्रो स्थानको लागि शनिबार प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल अपरान्ह चार बजेपछि दशरथ रंगशालामा हुनेछ ।

Comment