मनकामना कप सेभेन–ए–साइड फुटबलमा आठ खेल सम्पन्न

pokhara football

नमस्ते सामुदायिक प्रतिष्ठान नेपालको आयोजनामा मालेपाटन खेल मैदानमा जारी मनकामना केवलकार सेभेन–ए–साइड च्याम्पियनसीप ट्रफी–२०१५ अन्तर्गत बिहीबार आठ खेल सम्पन्न भएका छन्।
प्रतियोगितामा आयोजकका दुवै टोलि ‘ए’ र ‘बी’ ले जीत हात पारेका छन्। अन्य खेलमा त्रिशक्ति युथ क्लब, क्याफे इटालिनो, पुन युनाइटेड, एकता एफसी, जुनियर विटी र डडुवा एफसीले जीत हात पारे।
आयोजकको ‘ए’ टोलीले लेकसाइड परिवारलाई टाइब्रेकरमा २–० ले पराजित ग¥यो। निर्धारित समय तीन–तीन गोलमा सकिएको थियो। त्यस्तै नमस्ते ‘बी’ ले मेन्स सुपर किङ्सलाई २–१ ले पाखा लगायो। जुनियर विटी र डडुवा एफसीले पनि सडन डेथमै नतिजा निकाले। विटीले लेकसाइड पिस क्लबलाई तथा डडुवाले ब्रदर्श एफसीलाई पराजित गरेको हो। दुवै प्रतिस्पर्धामा निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएको थियो।
बिहीबारका अन्य खेलमा त्रिशक्तीले सयपत्री ‘ए’ लाई ३–१ ले, क्याफे इटालिनोले आरटी एफटिसीलाई २–० ले, पुन युनाइटेडले युवा सङ्घ कास्कीलाई ३–० ले तथा एकताले निम्स इन्स्टिच्युटलाई ४–० गोलले पराजित गरेको थियो। प्रतियोगिताअन्तर्गत शुक्रबार पनि पहिलो चरणकै खेल हुने प्रतियोगिता संयोजक उत्सव गुरुङले जानकारी दिए। तस्विर ः उमेश पुन

Comment