सिक्किम सेमीफाईनलमा प्रवेश

ilammm
सिक्किम के.एफ.सी.भारत इलामको मंगलबारेमा सञ्चालन भईरहेको ‘लण्डन आइस मंगलबारे अन्तर्राष्ट्रिय गोल्डकप’ को सेमीफाईनलमा प्रवेश गरेको छ । मंगलबारको अन्तिम क्वाटर फाईनलमा सुनसरी फूटबल क्लबलाई ३–० को फराकिलो अन्तरले पाखा लगाउँदै सिक्किमले सेमीफाईनलको यात्रा पक्का गरेको हो ।
सिक्किमका स्टा«ईकर दावा लाप्चाले खेल सुरु भएको दोश्रो मिनेटमा नै टिमका तर्फबाट पहिले गोलको खाता खोलेका थिए । लाप्चाले विपक्षीको डिबक्सभित्र खेलाडीलाई छक्याउँदै गरेको सामान्य प्रहारले जाली चुमेको थियो । खेलको सुरुवातदेखि नै आक्रामक शैलीमा उत्रिएको सिक्किमले ५ मिनेट पनि बित्न नपाउँदै दोश्रो गोल गेर दोब्बरको अग्रता बनायो । खेलको सातौं मिनेटमा सेरबहादुर सुब्बाले टिमका लागि दोश्रो गोल गर्न सफल बने । पुनः २ मिनेटपछि खेलको नवौं मिनेटमा सिक्किमकै राजकुमार सुब्बाले टिमका लागि तेश्रो गोल गरी जित सुनिश्चित गराएका थिए ।
सुनसरीको खेलाडीले खेलमा तालमेल मिलाउन नपाउँदै सिक्किमले तुरुन्तै फाईदा उठाउन सफल बन्यो । खेलको सुरुवातमै ३ गोल खाएको सुनसरीले पछिल्लो समयमा खेलमा सुधार ल्याए पनि कुनै गोल फर्काउन सकेन । सुरुका लगातार गल्तीले सुनसरी पहिलो चरणबाटै बाहिरिन बाध्य बनेको थियो ।  मध्यान्तर पछि दुबै टिमको खेल अन्तिम समयसम्म घम्साघम्सी र रोचक रहेको थियो । दर्शकको राम्रो समर्थन पाएपनि सुनसरीका कुनै पनि खेलाडीले गोल फर्काउन सकेनन् । उसले सुरुवातमा विपक्षीलाई गोल गर्न दिएको मौका नै टिमका लागि हारको करण महसुस गर्यो ।
प्रतियोगिता अन्तर्गत बुधबारबाट सेमीफाईनल चरणका खेल सुरु हुनेछन् । पहिलो सेमीफाईनलमा डी.एफ.सी. मोरङ र विर्तामोड फूटबल क्लब झापाबीच प्रतिष्पर्धा हुने खेल संयोजन समितिका अध्यक्ष दीलीप श्रेष्ठले जानकारी दिएका छन् ।
त्रिवेणी युथ क्लव र मंगलबारे उद्योग वाणिज्य संघले आयोजना गरेको प्रतियोयितामा पूर्वाञ्चलका विभिन्न जिल्ला तथा सिक्किम र दाजिलिङका गरि ८ टिम सहभागी छन् । १३ वैशाखसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले नगद ६१ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनबाट बाहिरिने दुई टिमले नगद १५÷१५ हजार रुपैयाँ पाउने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई पनि पाँच–पाँच हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी टिमलाई यातायात खर्च र भत्ताको समेत व्यवस्था गरिएको छ । आउने–जाने भाडा र एक टिमको दुई अफिसियलसहित १८ जनालाई दिनको छ सय ५० रुपैयाँका दरले सेवा उपलब्ध गराउने उद्योग वाणिज्य संघ मंगलबारेका अध्यक्ष मात्रिका घिमिरेले  बताए ।

Comment