नेकोस राष्ट्रिय तेक्वान्दो हुने

taekwondo
नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा तेश्रो नेकोस जुनियर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । विभिन्न ६१ जिल्लाका १ हजार ४ सय ३ खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक टोनिल कर्माचार्यले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
जम्मा २३ स्वर्णका लागि भिडन्त हुनेछ । ग्योरोगीतर्फ पुरुष र महिलामा समान ७–७ गरी १४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । बाँकी ६ स्वर्ण पुम्सेतर्फ हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब ३२ लाख ५७ हजार ४ सय रुपैयाँ खर्च हुने बताइएको छ । नगद पुरस्कारका लागि पनि पहल भइरहेको आयोजकका अध्यक्ष बद्री घिमिरेले बताए । शनिबारसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइनेछ ।

Comment