आयल निगम र एनआईएमबी फाइनलमा


नेपाल आयल निगम र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (एनआईएमबी) आरबीबीएल–ईशान कप तेस्रो फुटसल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैङ्कको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (ईशान) द्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा आयल निगमले नेपाल बैङ्क लिमिटेडलाई ४–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि राम विश्वकर्मा र लक्ष्मण विश्वकर्माले समान २–२ गोल गरे । नेपाल बैङ्कबाट सञ्जीव जोशीले सान्त्वना गोल  गरे ।
सोल्टीमोडस्थित चैत्य फुटसलमा भएको अर्को सेमिफाइनलमा एनआईएमबीले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई १–० गोलले हरायो । एनआईएमबीका विक्रम कार्कीले निर्णायक गोल गरे ।
प्रतियोगिता सोमबार सम्पन्न हुनेछ । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

Comment