उपत्यकाव्यापी तेक्वान्दो आइतबारदेखि

sagarmathae
काठमाडौं जिल्ला खेलकुद विकास समिति र सगरमाथा तेक्वान्दो डोजाङ, नयाँ बानेश्वरको संयुक्त आयोजनामा दोश्रो उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ ।
सिनियर र जुनियरको पुरुष÷महिलामा जम्मा १५ स्वर्णका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक गिरेन्द्रबहादुर राईले जनाएका छन् । सिनियर र जुनियरको पुरुषमा समान ४–४ गरी ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । महिलातर्फ सिनियरमा ४ र जुनियरमा ३ गरी ७ तौलसमूहमा भिडन्त हुनेछ ।
प्रतियोगितामा विभिन्न १७ टिमका २ सय ५५ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक डोजाङ प्रमुख अर्जुनभक्त राईले जानकारी दिए । राईका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
सिनियर र जुनियरतर्फ उत्कृष्ट हुने पुरुष÷महिला खेलाडीलाई नगद पुरस्कारको व्यवस्था छ । दुईदिने प्रतियोगिताका खेलहरु नयाँ बानेश्वरस्थित रेनर्स स्कुलमा हुनेछ ।

Comment