झापाको महत्त्वपूर्ण जित

धनगढी एफसीको जारी आइपिएलमा पहिलो हारसँगै झापा एफसी दोस्रो नेपाल सुपर लिगको अङ्क तालीकामा चौथो स्थानमा उक्लेको छ । बुधवार भएको खेलमा झापाले धनगढीलाई २–० ले हराएको हो । झापाका लागि अञ्जन विष्टले ५३ औ मिनेटमा पहिलो गोल गरे भने समिराज थोकरले ७७ औ मिनेटमा दोस्रो गोल गरे । 

विष्ट सो खेलमा म्यान अफ द म्याच घोषित भए । 

सात खेल खेलेका पोखरा थन्डर्सको १४ तथा धनगढीको १२ अङ्क छ । यसै गरी ललितपुर सिटी एफसी र झापा एफसीको समान १० अङ्क छ । पाँचौँ स्थानमा रहेको काठमाडौं रेजर्सको ९ अङ्क छ तथापि रेजर्सले १ खेल कम खेलेको छ । 

Comment