नवीन प्रशिक्षित पोखराको सेमिफाइनल यात्रा

पोखरा थन्डर्स दोस्रो नेपाल सुपर लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गर्ने क्रममा पोखराले मंगलबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० ले हराएको हो । दुई खेलमा अन्तिम समयमा गोल खाएर अङ्क गुमाएको पोखराले बुटवलसँगको खेलमा भने इन्जुरी समयमा गोल गरेको थियो । पोखराका मोसेस गयाव ट्वाले गोल गरे । सो खेलमा विजयी टोलीका आयुष घलान म्यान अफ द म्याच घोषित भए । 

एन्फा एकेडेमीका प्रमुख समेत रहेका नवीन न्यौपानेको प्रशिक्षणमा पोखराले सहभागिता जनाएको हो । 

अर्को खेलमा स्पोर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीलाई १–० ले नै हरायो । सो खेलमा इलामका फोडे कमाराले ५९ औ मिनेटमा गोल गरे । सो खेलमा इलामका विकेश कुथु म्यान अफ द म्याच घोषित भए । 

पोखरा ७ खेलबाट १४ अङ्क सहित शीर्ष स्थानमा छ भने धनगढी ६ खेलमा १२ अङ्क सहित दोस्रो स्थानमा छ । ७ खेल खेलेको ललितपुरको १० तथा ६ खेल मात्र खेलेको काठमाडौं रेजर्सको ९ अङ्क छ । 

८ खेल नै खेली सकेको इलाम ८ अङ्कमा नै सीमित छ । ६ खेल खेलेको झापाको ७ तथा ७ खेल खेलेको बुटवलको पनि ७ अङ्क छ । चितवनको ७ खेलबाट ६ तथा ६ खेल खेलेको वीरगन्जको ५ अङ्क छ । 

Comment