धनगढी र काठमाडौं रेजर्स बिच बराबरी

दोस्रो नेपाल सुपर लिग एनएसएलको सोमबार भएको खेलमा धनगढी एफसी र काठमाडौँ रेजर्स बिचको खेलमा १–१ गोलको बराबरी भएको छ । बराबरीसँगै धनगढी ६ खेलमा १२ अङ्क सहित शीर्ष स्थानमा यथावत छ । यसै गरी काठमाडौँ रेजर्स ९ अङ्क सहित चौथो स्थानमा छ । पोखरा थन्डर्स ११ अङ्क सहित दोस्रो तथा ललितपुर सिटी एफसी १० अङ्क सहित तेस्रो स्थानमा छन् । 

सोमबारको खेलमा धनगढीले १५ औ मिनेटमा अहमद हाउजीको गोलमा अग्रता लिएको थियो । यसै गरी, काठमाडौँका ओलिभर किङफुले ६६ औ मिनेटमा गोल गरे । उनी खेलका म्यान अफ द म्याच घोषित भए ।  

Comment