काठमाडौँको विजयी सुरुवात

साबिक विजेता काठमाडौं रेजर्सले दोस्रो नेपाल सुपर लिगमा विजयी सुरुवात गरेको छ । काठमाडौँले शुक्रवार भएको खेलमा स्पोर्टीङ इलाम एफसीलाई १–० ले हराएको हो । विजयी टोलीका लागि ५१ औ मिनेटमा राजीव लोप्चनले गोल गरे । 

लोप्चन उत्तरार्द्धमा प्रशान्त अवस्थीलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए । शनिवार पोखरा थन्डर्स र एफसी चितवन तथा ललितपुर सिटी र एफसी चितवनका बिच खेल हुने छ । 

Comment