कर्णको ह्याट्रिकमा झापाको जित

jhapa insert

राष्ट्रिय लिग फुटबल अन्तरगत सोमबार भएको खेलमा झापा ११ ले लुम्बीनी एफसीलाई ३–१ ले पराजित गरेको छ । एक गोलले पछि गरेको झापा कर्ण लीम्बुको ह्याट्रिक मार्फत कम ब्याक गरेको हो । जित पछि  झापा ६ अंक सहित गोल अन्तरमा एमएमसी भन्दा पछि रहदै तेस्रो स्थानमा रहेको छ । कैलालीमा भएको अर्को खेलमा सुदुर पश्चिम र मोरङ्ग विच १–१ गोलको बराबरी भयो ।
पूवाद्र्धको इन्जुरी समयमा पहिलो गोल गरेका कर्णले ७२ औ मिनेटमा दोस्रो र ८४ औ मिनेटमा तेस्रो गोल गरे । यस अघि लुम्बीनीले ४३ औ मिनेटमा पुकार गहतराजको पेनाल्टी गोलमा अग्रता लिएको थियो । सुुमीन मैनालीले मनोज गुरुङ्गलाई फल प्रहार गरे पछि लुम्बीनीले पेनाल्टी अबसर पाएको थियो ।
दिनेस कार्कीको सहयोगमा पहिलो गोल गरेका कर्णले पेनाल्टी मार्फत दोस्रो गोल गरेका हुन् । बिमल बस्नेतले उनलाई लडाए पछि झापाले पेनाल्टी पाएको हो । उनले दिलेन मोक्तानको क्रसमा तेस्रो गोल गरे । कर्ण म्यान अफ द म्याच घोषित भए ।
कैलालीमा भएको खेलमा राज पौडेलले भ्रमणकारी टोलीलाई ५५ औ मिनेटमा अग्रता दिलाए भने सुदुर पश्चिमका सेड्रिक अबाले ७५ औ मिनेटमा बराबरी गोल गरे । अबा म्यान अफ द म्याच घोषित भए ।

Comment