सगरमाथा डोजांगले उपत्यकाब्यापी तेक्वान्दो आयोजना गर्ने

sagarmathae
सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजांगको आयोजनामा २९ चैत देखि दोस्रो उपत्यपाब्यापी तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नया बर्ष २०७२ को अबसरमा रेनर्स स्कुलको प्रांगणमा हुने प्रतियोगितामा २५५ खेलाडीको सहभागिता रहने आयोजक कमिटीका संयोजक गीरेन्द्र बहादुर राइले जानकारी गराए ।
दुइ दिने प्रतियोगितामा पुरुषको आठ तथा महिलाको सात गरी १५ तौल समुहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा महिला तथा पुरुष स्पर्धामा उत्कृष्ट हुने सिनीयर तथा जुनियर खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटन उद्धोग मन्त्री महेश बस्नेतबाट हुुने छ भने समापन कार्यक्रममा युवा तथा  खेलकुद मन्त्री पुरुषोत्तम पौडेल प्रमुख अतिथी हुने छन् ।
अन्य डोजांगले गरेका प्रतियोगितामा उत्साहजनक सहभागिता जनाउने गरेको सगरमाथा आफैले भने दोस्रो सस्करणको रुपमा प्रतियोगिता आयोजन ागर्न लागिएको हो । “ हरेक खेलकर्मी इमान्दार अनुशाषित र मानबीय संबेदनाले भरिपूर्ण हुनु पर्छ ””भन्ने खेलकुदको आदर्शलाई मनन गरेकै कारण सगरमाथाका अधीकारी तेक्वान्दोको क्षेत्रमा प्रीय मानीने गरेका छन् । डोजांग प्रमुख अर्जुन भक्त राइ भन्छन्, “निरन्तर प्रशिक्षण, खेलाडी उत्पादन, सामाजीक उत्तरदायीत्व बहन र प्रतियोगिता आयोजना सबै हाम्रा लागि उत्तिकै प्राथमिकताका विषय हुन् । ”

Comment