दस खेलाडीमा सिमित थ्रीस्टारको आर्मीसंग बराबरी

footballe
राष्ट्रिय लिग फुटबलको आइतबार भएको खेलमा १० खेलाडीमा सिमित थ्रीस्टार क्लबले नेपाल आर्मी क्लबसंग गोलरहित बराबरी गरेको छ । स्ट्राइकर सन्तोष साहुखलले विपक्षी गोलरक्षक विकेस कुथुलाई लात्ति प्रहार गरेका कारण रातो कार्ड पाए पछि उतराद्र्धको छैटौ मिनेट देखि नै थ्रीस्टार १० खेलाडीमा सिमित थियो । पिटर सेगुनको प्रहार क्रसबारमा लागेर फर्के पछि थ्रीस्टारले अग्रताको मौका गुमाएको खेलको अन्तिम मिनेटमा विक्रम लामाको हेड पनि आर्मीका हिरण्य मगरले गोललाइनबाट क्लीयर गरे । खेलमा आर्मीका रक्षक जितेन्द्र कार्की म्यान अफ द म्याच घोषित भए ।

Comment