राज्य पक्षलाई बेवास्ता गर्दै बिना छनोट सहभागिता

बिना छनोट र राष्ट्रिय खेलकुद परिषद्मा आधिकारिक ठहरिएको जनक बर्तौला नेतृत्वको नेपाल उसु महासङ्घलाई अत्तोपत्तो नदिई मकाउमा आयोजना हुन गइरहेको ११ औँ एसियन जुनियर उसु च्याम्पियनसिप २०२३ मा नेपाली खेलाडीहरूलाई सहभागिता गराउन लागिएको छ । 

प्रतियोगितामा नेपालका पाँच खेलाडी र दुई अफिसियलको सहभागिता रहने छ । प्रतियोगिता १४ देखि २१ अगस्टसम्म मकाउमा सञ्चालन हुनेछ ।

पुरुष थाउलोतर्फ एलिस मारिक र महिला थाउलो तर्फ ल्हाक्पा डोल्मा लामा र पासाङ लामु शेर्पाले सहभागिता जनाउने छन् । त्यस्तै सान्सौंतर्फ योगेन्द्र लामा र ल्हाक्पा तामाङले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपाली खेलाडीहरूको नेतृत्व लानम लामाले गर्ने जनाइएको छ । 

त्यस्तै प्रतियोगितामा अफिसियलतर्फ नेपाल उसु महासङ्घका महासचिव नवराज ढुङ्गानाका अनुसार मान्यता प्राप्त महासङ्घलाई थाहा नै नदिई खेलाडीको छनोट समेत नगरी गरिएको यस कदममा खेलकुद परिषद्ले कदम चाल्नु पर्ने बताउँछन् । 

राष्ट्रिय खेलकुद परिषद्ले केही महिना अघि जनक बर्तौलाको नेतृत्वमा नेपाल उस महासङ्घको तदर्थ समिति गठन गरेको थियो । सोही तदर्थ समितिले परिषद्ले तोकेको समय सीमा भित्र महाधिवेशन समेत गरी सकेको छ । बिना छनोटको सहभागिता खेलको मूल भावना र मर्मको उल्टो भएको उसुका केही राष्ट्रिय खेलाडीको मत छ । 

यस प्रतियोगिताका बारे उसुको प्राविधिक समितिलाई पनि थाहा छैन । 

राष्ट्रिय खेलकुद परिषद्लाई कुने जानकारी नदिई जान आटेको टोलीका बारे परिषद्ले कडा कदम चाल्नु पर्ने उसु नकिट एक प्रशिक्षक बताउँछन् । यस निकाय माथिको राष्ट्रिय खेलकुद परिषद् कठोर नभए खेलकुदको मूल मर्म र भावना  मर्ने तथा खेलाडीहरूको मनोबल गिर्ने समेत ती प्रशिक्षक बताउँछन् । 

Comment