युएई मा फुटबललाई व्यवस्थित गराउँदै उन्फा

संसारका जुन सुकै भागमा रहे पनि नेपाली भाषीको एकबद्धता कायम नै छ । यो क्रम दुबईमा रहेका फुटबलरको हकमा पनि स्वतः लागु भएको छ । यसै क्रममा दत्तचित्त भएर लागी परेका छन्, युइए नेप्लीज फुटबल एसोसिएसन(उन्फा)का उपाध्यक्ष अनिल शेर्पा । 

उन्फका उद्देश्य दुई चरणमा छन् । अल्पकालीन उद्देश्य त्यहाँ फुटबल खेल्ने क्लबलाई व्यवस्थित गर्ने हो । यसका लागि दर्ता प्रक्रिया तथा क्लब स्थानान्तरण प्रक्रियालाई व्यवस्थित गर्ने छ । साथमा त्यहीँबाट राष्ट्रिय टोलीमा अटाउन सक्ने खेलाडीको उदय उन्फाको दोस्रो उद्देश्य हो । त्यहाँ रहेका २३ वटा क्लबको अभिभावकीय जिम्मेवारी उन्फाले सफलतापूर्वक निर्वाह गरेको छ । क्लबहरूलाई दर्ता मात्र होइन, श्रोत उपलब्ध गराउने काम पनि क्लबको छ । 

नेपालका रहँदा बौद्ध महेन्द्र स्कुलमा सुरुवाती दिनमा फुटबल खेलेका उनी ब्रीलीयन्ट इन्टरनेसल कलेजमा रहँदा कप्तान नै थिए । 

दुबईमा उनले फुटबलमा पाइला चाल्ने क्रममा ओल्ड मक्स एफसीमा आबद्ध भएका थिए । सन् २०१९ मा अनिलले केही वरिष्ठ र आफूहरू भन्दा जेठासँग सल्लाह गरेर साङ्गठनिक स्वरूपको अवधारणा ल्याएका थिए । यसैको फल स्वरूप सन् २०२२ मा उन्फा विधिवत् दर्ता भएको हो । 

नेपाली फुटबललाई एक्सपोजर दिने सवालमा एन्फासँग  सहकार्यका लागि पनि उन्फा तयार छ । फुटबलमा विशेष सोख र रुचि भए पनि युईइमा रहेका नेपाली अन्य खेलकर्मीलाई आवश्यक समयमा सहयोगका लागि तयार रहने आदत रहेको अनिल बताउँछन् । 

Comment