ह्यान्डबल सङ्घको धारणा सार्वजनिक

सोमबार यस खेलकुद न्युज डटकममा प्रकाशित ‘सबै भन्दा सफल कप्तानलाई पनि रुवाउन बाँकी राखेनन् खेल अधिकारीले ’ भन्ने शीर्षकको समाचारमा नेपाल ह्यान्डबल संघले आफ्नो धारणा सार्वजनिक गरेको छ । संघले नवौँ राष्ट्रिय खेलकुदलाई आसन्न एसियाडको छनोटको आधार मानेको तथा त्यसमा रञ्जना खेलाडीको रूपमा नभई मधेस प्रदेशको प्रशिक्षकको भूमिकामा रहेको स्पष्ट पारेको छ । 

डिजिटल युगमा प्रवेश गरेको २१ औ शताब्दीमा कुनै पनि खेलमा एक वर्ष अघिको प्रतियोगितालाई छनोटको आधार मान्नु कत्ति सही हो भन्ने सिङ्गो नेपाली खेलकुदमै बहसको विषय हो । 

संघले जारी गरेको विज्ञप्तिमा संघले अहिलेसम्म कुनै पनि खेलाडीको मानमर्दन नगरेको दाबी गरेको छ । 

Comment