सबै भन्दा सफल कप्तानलाई पनि  रुवाउन बाँकी राखेनन् खेल अधिकारीले 

नेपालले एसियाली खेलकुदको तयारी गरी रहेको छ । नेपाली महिला ह्यान्डबल टोली पोखरामा अभ्यासरत छ । यसै बिच नेपाली ह्यान्डबलकी राष्ट्रिय टोलीकी पूर्व कप्तान रञ्जना राईले आफ्नो गुनासो सार्वजनिक गरेकी छिन् । उनको त्यसै गुनासोले धेरैलाई भाव विह्वल बनाउँछ । 

उनले आफ्नो कुरा राख्दै मूल्याङ्कन गर्ने जिम्मा आफ्ना समर्थकलाई नै छाडेकी छिन् । 

‘पावर र पैसा भए जे पनि हुँदो रहेछ किनकि यो नेपाल हो अनि । एसियाली गेम मात्र थिएन यो कसैको जिन्दगीको ठुलो सपना थियो र थियो होला ’उनको फेसबुक स्ट्टासमा  उल्लेख छ । 

कत्ति खेलाडीलाई एसियाली खेलकुदको तयारीका बारे जानकारी समेत नदिइएको उनको गुनासो छ । ‘गेम भई राछ या कतिपयको मन रोइराछ तर  आज कतिपय अन्तर्राष्ट्रिय गेम नै नखेलेको हरू पनि यो गेम मा सामेल छ ’ उनको स्ट्टसमा उल्लेख छ । 

मेहनत, सङ्घर्ष र विगतमा दिलाएको सफलताको कुनै महत्त्व नभएको समेत उनको आक्रोश छ । यस बारे बारम्बार जवाफ माग्दा पनि जवाफ नपाएको उनको गुनासो छ । छनोट प्रक्रियामा नै नभएको खेलाडी समेत टोलीमा रहेको उनको आरोप छ । 

उनले दोस्रो चरणको छनोटका लागि खबर नगर्नु बदनियत पूर्ण भएको दाबी गर्दै आफे कमजोरी पहिचान गर्नका लागि चुनौती दिएकी छिन् । उनले छनोट प्रक्रियामा आफू कोही भन्दा कमजोर नरहेको प्रस्ट पारेकी छिन् । 

नेपाली ह्यान्डबल ओरालो लागी रहेको समयमा उदयपुरको बेलटारबाट उदाएको रञ्जना सहितको समूहको कारण नेपाली महिला ह्यान्डबलले पुर्नजिवन पाएको थियो । २०६० को दशकमा नेपाली महिला ह्यान्डबल उकालो लाग्दा रञ्जनाको कुशल नेतृत्व प्रमुख कारण थियो । 

सन् २०१२ मा ललितपुरमा आइएचफ अन्डर डेभ्लपमेन्ट राष्ट्रको खेलमा नेपालले तेस्रो स्थान पाउँदा रञ्जना लगातार प्लेयर अफ द म्याच म्याच घोषित भएकी थिइन् । सन् २०१३ मा लखनउमा भएको चौथो दक्षिण एसियाली ह्यान्डबल च्याम्पियनसिपमा रञ्जनाको नेतृत्वमा नेपाल तेस्रो भएको थियो । त्यसको लगत्तै कतारमा भएको कतार ओमन इन्टरनेसनल ह्यान्डबल च्याम्पियनसिपमा उनकै नेतृत्वमा  नेपाल कांस्य पदक प्राप्त गर्न सफल भएको थियो ।उनकै नेतृत्वमा नेपालले १३ औ दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेको थियो । 

कठोर समयका बिच आफूलाई खेलकुदमा समर्पित गरेकी रञ्जना पटियालामा एनआइएस कोर्स गर्न जाँदा राष्ट्रिय खेलकुद परिषद्(राखेप)को जागिर छाड्न बाध्य भएकी थिइन् । खेलकुदको योग्यता बढाउने क्रममा परिषद्को जागिर गुमाउने नियति समेत उनले भोगेकी थिइन् । 

नेपाली खेलकुदमा भएको थुप्रै अन्यायले सरोकारवाललाई छुँदैन या उनीहरूको मनमा त्यसले कुनै प्रभाव नै पार्दैन भन्ने कुराको यथेष्ट उदाहरण पाउन सकिन्छ । यसैको उदाहरण भएकी छिन्, रञ्जना । 

Comment