गोल्डेनचेस क्लब नै शक्ति केन्द्र

chess photo
गोल्डेनगेट चेस क्लबका रुपेस जयसवाल नेपालका चौथो फीडे मास्टर बनेका छन् । लगातार पाच प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका रुपेसले एसियन जोनल ३.२ चेस च्यापियनशीपको अन्तिम चरणमा आफ्नै नेतृत्वमा गोल्डेनगेट चेस क्लबलाई राष्ट्रिय च्याम्पियन बनाएका भुपेन्द्र निरौलालाई पराजित गरे । रुपेस पाचौ स्थानमा रहे ।  रुपेससंग पराजित हुनु अघि निरजले प्रतियोगितामा सनसनीपूर्ण प्रदर्शन गरेका थिए । एउटै प्रतियोगितामा चार टाइटल भएका – जिएम र आइएम)संग अंक बटुल्ने कीर्तिमान पनि भुपेन्द्रले कायम गरेका थिए । गोल्डेनगेटकै मदनकृष्ण कायस्थ ५.५ अंक सहित आठौ भुपेन्द्र ५ अंक सहित १० औ र विवेक थिङ ५ अंक सहित नै ११ औ भए । यी तीनै खेलाडी क्यान्डीडेट मास्टर बनेका छन् । प्रतियोगिताको उपाधि बंगलादेशका ग्रान्डमास्टर जिआउर रहमानले जिते ।म्ाहिलातर्फ अस्मिता अधीकारी ५ अंक सहित सातौ भइन् । गोल्डेनगेट चेस क्लबकी कप्तान मोनालीसा खुम्बु ४.५ अंक सहित नवौ तथा समान अंक भएका गोल्डेनगेटकै बिना जयसवाल दसौ भए ।
प्रतियोगितामा डब्लु आइएम समिमा अख्तर लिजा पहिलो भइन् । नेपालका मोनालीसा खम्बुले वुमन क्यान्डिडेटमास्टरको उपाधि प्राप्त गरे ।

Comment