बुद्ध प्रकाश उसु क्वान च्याम्पियन

 गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा जोरपाटी उसु क्वानको प्राविधिक संयोजकत्वमा आयोजित दोस्रो उपत्यकाब्यापी जुनियर उसु प्रतियोगितामा सम्पन्न भएको छ । उपत्यकाका १९ उसु क्वानका १५० खेलाडी सहभागी उक्त प्रतियोगिताका विजेता खेलाडीहरूलाई प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिमालले पदक तथा प्रमाण पत्र हस्तान्तरण गरे ।

१७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको सो प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ३ कांस्य सहित बुद्ध प्रकाश उसु क्वान टिम च्याम्पियन भयो ।  ५ स्वर्ण,१ रजत र ३ कांस्य सहित काठमाडौँ उसु क्वान दोस्रो र २ स्वर्ण, ६ रजत र ४ कांस्य सहित किण्डर गार्डेन उसु क्वान तेस्रो भए । च्याम्पियन टिमलाई गोकर्णेश्वर नगरपालिकाका युवा तथा खेलकुद समितिका अध्यक्ष सञ्जय लामाले पुरस्कार प्रदान गरे । 

प्रतियोगितामा थाउलु विधा तर्फ बुद्ध प्रकाश उसु क्वानकी लक्ष्मी तामाङ उत्कृष्ट महिला थाउलु खेलाडी भइन् । किण्डर गार्डेनका सुमन तामाङ उत्कृष्ट पुरुष थाउलु खेलाडी साथै बुद्ध प्रकाश उसु क्वानकै सन्जीता ग्लानले उत्कृष्ट महिला सान्सौ खेलाडी घोषित भए ।  काठमाडौं उसु क्वानका प्रकिल महर्जनले उत्कृष्ट पुरुष सान्सौ खेलाडीको उपाधि हात पार्न सफल भए । 

Comment