निरौला र जयसवालको सानदार फर्म

niraj for insert
नेपाली चेसमा महिनेती खेलाडीको छबी बनाएका भुपेन्द्र निरौलाको एसियन थ्री प्वाइन्ट टु जोनल प्रतियोगितामा सनसनीपूर्ण प्रदर्शन कायम रहेको छ । मंगलबार भएको दुवै खेलमा उनले ग्रान्डमास्टरसग बराबरी गरे । सातौं तथा आठौं चरणमा बंगलादेशी ग्रान्डमास्टरद्धय इनामुल हुसेन तथा नियाज मुर्सीदलाई बराबरीमा रोके । नेपाली चेसमा लगातार दुइ खेलमा ग्रान्डमास्टरसंग अंक जोड्ने भुपेन्द्र पहिलो खेलाडी हुन् । आठ खेलबाट ५ अंक बनाएका भुपेन्द्रले क्यान्डिडेटमास्टरको उपाधि समेत प्राप्त गरेका छन् । बुधबार हुने नवौं चरणमा जीत हात पार्नसके भुपेन्द्रले फिडेमास्टरको उपाधि पाउनेछन्
समान ५ अंक बनाएका क्यान्डिडेटमास्टर रुपेश जयसवाल पनि नवौं चरणको खेल जितेमा फिडेमास्टर बन्नेछन् । रुपेशले सातौं चरणमा नेपालकै मदनकृष्ण कायस्थलाई हराएका हुन् ।   उनले आठारु चरणमा जिआउर रहमानसंग बराबरी गरे । सानदार फर्ममा रहेका रुपेसले लगातार चार प्रतियोगितामा उत्तिकै उत्कृष्ट प्रदर्शन गरेका छन्

। रहमान उपाधि नजिक पुगेका छन् । आठौं चरणको समाप्तिमा ७ अंक बनाएका जियाउरले १ अंकको स्पष्ट अग्रता बनाएका छन् । जियाउरले सातौं चरणमा बंगलादेशकै फिडेमास्टर नासिर अहमदलाई हराए । सातौं चरणमा इन्टरनेशनलमास्टर आबु सुफिन साकिललाई हराएका शिर्ष वरियताका ग्रान्डमास्टर अब्दुल्ला अल रकिब आठौं चरणमा अर्का ईन्टरनेशनलमास्टर मिन्हाजुदिन अहमदसँग बराबरीमा रोकिँदै ६ अंक बनाए ।

Comment