ग्रिनफिल्ड जुनियर उसु माघमा

कालभैरब उसु क्वानले माघ ९ देखि ११ गते सम्म त्रिपुरेश्वरस्थित सेमी कभर्ड हलमा प्रथम ग्रिनफिल्ड उपत्यका व्यापी खुला जुनियर उसु प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा ४० भन्दा बढी क्वानका करिब ३ सय खेलाडी सहभागी हुने कार्यक्रमका संयोजक अमर पुलामी मगरले मङ्गलवार पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा सान्सौ विधामा १८ र थाउलु विधामा १७ गरी कुल ३५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
      त्यस्तै कालभैरब उसु क्वानका अध्यक्ष निकेश श्रेष्ठले जुनियर बाटै भविष्यमा प्रतिभावान् खेलाडी पहिचान गर्न सकिने र अरूलाई पनि यस्तो प्रतियोगिता आयोजना गर्न उत्प्रेरित गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए । यस  प्रतियोगिताले खेलाडीहरूमा नयाँ जोस र ऊर्जा थपिनुका साथै खेल स्तर वृद्धमा समेत टेवा पुग्ने अध्यक्ष श्रेष्ठले बताए ।
     करिब ९ लाख ९४ हजार अनुमानित बजेटमा हुन लागेको कालभैरब उसु क्वानका कोषाध्यक्ष विजय सिञ्जालीले जानकारी गराए ।
    प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई शिल्ड तथा प्रमाण पत्र प्रदान गरिने साथै थाउलु र सान्सौ विधाका उत्कृष्ट महिला र पुरुष खेलाडीलाई ट्रफीसहित सम्मान गर्ने क्वानका सचिव हरिप्रसाद गोलेले जानकारी दिए ।
Comment