गण्डकीलाई स्वर्ण पदक

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ह्यान्डबलमा गण्डकीले स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिवार भएको फाइनलमा गण्डकीले विभागीय आर्मीमाथि ४३–३६ ले पराजित गर्दै स्वर्ण जितेको हो ।
पुरुष ह्यान्डबलमा स्वर्ण जितेसँगै  जारी नवौँ राष्ट्रिय खेलकुदमै गण्डकीलाई पहिलो स्वर्ण मिलेको हो । ८ औँ राष्ट्रिय खेलकुदमा पनि गण्डकीले स्वर्ण जितेको थियो ।
एपीएफले लुम्बिनीलाई ३५–१३ ले हराउँदै कांस्य पदक जित्यो ।
महिला ह्यान्डबलमा आर्मी पहिलो भयो । आर्मीले एपीएफलाई १७–१६ ले हरायो । गण्डकी प्रदेशले प्रदेश–१ लाई २२–७ ले पाखा लगाउँदै तेस्रो भयो ।
Comment