युनाइटेड एफसीलाई रेवती कप

photo aus

सिड्नी

मेलवर्नवाट करिब नौ सय किलोमिटरको दुरी तय गर्दै एका बिहानै सिड्नीमा फुटबल खेल्न आइपुगेको युनाइटेड फुटबल क्लबका खेलाडीहरु साझ फर्कदा भने चंगा देखिन्थे । रातभरको यात्राको थकान उनिहरुले सिड्नीमा जारी ओप्पल रेवती कप फुटबलको उपाधि भिरेपछि आफै हराएको थियो । रातभरको यात्रापछि सिधै सिड्नीको म्यारिकभिलको पीसीवाइसीको कभर्डहल पुगेका युनाइटेडका खेलाडी दिन भर फुटसल मैदानमा भिडिरहे । लिग कम नकआउट चरणको यात्रा पछि फाइनलमा सिड्नीको माछापुच्छ्रे क्लबलाई ६।०को बिशाल अन्तरले हराउदै युनाइटेडले उपाधि हात पारेको थियो । रातभरको अनिदोले निकै
गाहे पारेको थियो , पानाडोल खाएर खेलियो तर उपाधि जितेपछि भने निकै उत्साहित भएका छौ ,युनाइटेडका खेलाडी एकजन तुलाधरले सुनाए । उपाधि जितेपछि रातीनै उनिहरु माइक्रोमा मेलवर्न फर्किएका थिए । प्रवासको फुटबलको मजा नै यस्तै छ,

नेपालमा क्लब फुटबलको अनुभव संगालिसकेका सुनिल लामाले बताए । बासतवमै फुटबल भनेपछि हुरुक्कै हुने एउटा पुस्ता अझै पनि प्रवासमा काम छाडेर यसमा लागेका छन, लामाले सुनाए । फाइनलमा नेपालमा क्लब फुटबलको अनुभव संगालिसकेका सुनिल लामाले दुइ गोल, एकजन तुलाधरले एक गोल,उज्वल लोचन श्रेष्ठले दुइ गोल र सुरज श्रेष्ठले एक गोल गरेका थिए । नेपालको लिग फुटबलमा चिनिएका एकजन र सुनिल लामा अनि सुरज श्रेष्ठको तालमेलले फाइृभ ए साइड फुटबलमा निकै चर्चा पाएको थियो । टेक्नीकल्ली निकै राम्रो खेल खेलको युनाइटेडले सेमिफाइनलमा पनि प्रतिद्धन्द्धीलाई सहज पछारेको थियो । जितपछि विजेतालाई प्रायोजक ओेप्पल कन्सलटेन्सीका निर्देशक बिवेक
थापा, अस्ट्रेलियन नेप्लीज फुटबल संघका अध्यक्ष बिश्वनरसिड राणा , उपाध्यक्ष राजु मानन्धर,महासचिव अरुण तामाड, एनआरएनका बिष्णु हमाल ,चित्र तुम्बाहम्फे, क्लब नेपालका अध्यक्ष मनोज लामा लगायतले ट्रफी तथा प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए । खेलमा ग्रानभिलका गोलरक्षक मिराज श्रेष्ठ, वेस्ट प्लेयर सुनिल लामा र म्यान अफ दी सिरिजको उपाधि सुरज श्रेष्ठको पोल्टामा परेको छ । खेलाडीहरुलाई नगद पुरस्कारको ब्यबस्था गरिएको आयोजकले जनाएको छ । खेलपछि तामाड रिक्रेएसन क्लबले विजेतालाई हार्दिक बिदाइ गरेको थियो ।

Comment