प्यारागन टिम च्याम्पियन

karate kusha;
आयोजक प्यारागन पब्लिक स्कुलले दोश्रो सकिल उद्धिन स्मृति अन्तरविद्यालय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।     टिम च्याम्पियन प्यारागनले ६ स्वर्ण, ५ रजत र ९ कांस्य जित्यो । २ स्वर्ण र १ कांस्य जितेको इन्टेन्सिभ स्कुल दोश्रो भयो भने १ स्वर्ण र १ रजतमा पारा माउन्ट एकेडेमीले तेश्रो स्थानमा चित्त बुझायो । एक्सेलले १ स्वर्ण र ५ कांस्य हातपा¥यो ।
प्यारागनका फुरा टासी शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । युरो इन्टरनेसनल स्कुलका सुजनसिंह खड्का र प्यारागनका सोनु यादव उदीयमान खेलाडी चुनिए ।
प्रतियोगिताको १५ केजीमा सोनु यादव, २० केजीमा धीरज शाह, २५ केजीमा फुरा टासी शेर्पा, ५० केजीमा एलिस सेलिङ, ३५ केजीमा राजेश श्रेष्ठ तथा ४० केजीमा रोहनदासले प्यारागनलाई स्वर्ण दिलाए ।४५ केजीमा सुरज नेपाली र एकल कातामा सानु थापा पहिलो भए । दुवै इन्टेन्सिभका हुन् । त्यस्तै ३० केजीमा पारामाउन्ट एकेडेमीका सागर न्यौपाने र ५५ केजीमा एक्सेलका रमेश घलानले स्वर्ण हात पारे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, सभासद् गीता राणा, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ र महासचिव हरिशरण केसी, कराते प्रमुख प्रशिक्षक महेश श्रेष्ठ, प्यारागनका प्रबन्ध निर्देशक साकिर उद्धिन, प्यारागनका कोओर्डिनेटर मनोज विश्वकर्मा लगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा विभिन्न १० विद्यालयका १सय २४ पुरुष खेलाडीले १० स्वर्णकालागि प्रतिस्पर्धा गरेको प्यारागनका खेलकुद शिक्षक एवं १० औं सागका स्वर्णधारी कुशल श्रेष्ठले जनाएका छन् । खेलतिलगंगास्थित आयोजककै हातामा भएको थियो ।

Comment