मिलन र अनिसाको एकल अग्रता

भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाड छनोटमा अनिसा न्यौपाने र मिलन लामाले एकल अग्रता कायम गरेका छन् । अनिसाले तीन चरणसम्म सत प्रतिशत जित हात पारेकी छन् । तेस्रो चरणमा अनिसाले विनीता कपालीलाई पराजित गरिन् ।
पुरुष तर्फ मिलनले २.५ अङ्कसहित अग्रता कायम गरेका छन् । काठमाडौँको होटेल केसु होममा जारी छनोटमा पुरुष तर्फ १० तथा महिला तर्फ १२ खेलाडी सहभागी छन् । पुरुष तर्फ वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शीर्ष वरियताका विवेक थीङ स्वतः र छनोट भएका छन् । थप तीन जना खेलाडी जारी छनोट प्रतियोगिताबाट छानिने छन् । यसै गरी महिला तर्फ वर्तमान राष्ट्रिय च्याम्पियन तथा शीर्ष बरीयताकी सुजना लोहनी छनोट भइसकेकी छिन् । थप चार जना खेलाडी यसै प्रतियोगिताबाट छनोट हुने छन् ।
तीन चरणको समाप्तिमा क्षितिज भण्डारी,सुरवीर लामा, रुपेस जयसवाल र मनीष हमाल २ अङ्क सहित मिलनलाई पछ्याइरहेका छन् । महिला तर्फ लक्ष्मी कणेल, पूजा भण्डारी,कृत्तीसरा अधिकारी, विनीता कपाली र पूर्णामा गुरुङले २ अङ्क सहित अनीसालाई पछ्याइरहेका छन् ।
Comment